उदेश्य
अल्पकालीन उद्धेश्य
- ताप्लेजुङ जिल्लामा प्रदेश सरकारको कृषि विकास इकाईको रुपमा काम गर्ने।
- स्थानीय समस्यामा आधारित स-साना अध्ययन र परिक्षण तथा भ्यालिडेशन (प्रमाणीकरण) परीक्षण संचालन गर्ने ।
- नविनतम कृषि प्रविधिहरु किसान समक्ष प्रसार भ्यालिडेशन परीक्षण सन्चालन गर्ने ।
- माटो तथा मल, बाली संरक्षण र बीउ विजन परिक्षण सम्बन्धी सामान्य प्रयोगशाला सेवा संचालन गर्ने ।
- स्थानीय कृषि जैविक विविधताको पहिचान, संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने ।
- स्थानीय तहसँग समन्वय गरी कृषि सम्बन्धी तथ्याङ्क संकलन तथा सम्प्रेषण गर्ने।
- प्रादेशिक तथा संघीय कृषि विकासका कार्यक्रमहरुलाई आम किसान समक्ष पुर्याउने ।
- व्यवसाय विकास सेवा उपलव्ध गराउने ।
दिर्घकालीन उदेश्य
- खाद्य वस्तुको आन्तरिक माग परिपुर्ति गर्न उत्पादन र उत्पादकत्व बढाउने ।
- निर्वाहमुखी र परम्परागत कृषि पद्धतिलाई परिवर्तन गरी व्यवसायिक, प्रतिस्पर्धात्मक र आधुनिकिकरण तर्फ उन्मुख गराउने।
- भौगोलिक क्षेत्र अनुसार तुलनात्मक लाभ र न्यायोचित वितरणको आधारमा एकीकृत कृषि विकासका कार्यक्रमहरु संचालन गरी ग्रामिण गरिबी निवारण मार्फत किसानहरुको जिवनस्तरमा सुधार ल्याउने ।
- राष्ट्रिय कृषि नीति-२०६१, कृषि विकास रणनीति (२०१५-२०३५), सोह्रौं योजना (२०८१/८२- २०८५/८६) र कोशी प्रदेशको दोस्रो आवधिक योजना (२०८१/८२- २०८५/८६) को आधार पत्रमा उल्लेख गरिएका कृषि विकासका लक्ष्य हासिल गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।